बितेका पलका अनुहार
Like Us On Facebook Click Here
लामो समयदेखि सुटिङ हुने भनिएको फिल्म 'बितेका पल' को अन्तत: असोज १५ गतेबाट फ्लोरमा जाने भएको छ । यसअघि सिंगापुरमा सुटिङ गर्ने भनिएको सो फिल्मको लोकेशन सरेर अहिले दार्जिलिङ पुगेको छ र सुटिङ पनि सोही स्थानबाट शुरू हुनेछ ।
यसअघि बाटो मुनिको फूल निर्माण गरेका राजेश घतानीले बनाउन लागेको सो फिल्मलाई सुरज सुब्बा 'नाल्बो' ले निर्देशन गर्नेछन् भने केकी अधिकारी र बाबु बोगटीको साथमा अविनाश गुरूङले नायकको रूपमा डेब्यू गर्दैछन् । फिल्ममा यि तीन कलाकारको मायाप्रेमलाई देखाईनेछ । जसको कथा निर्माता घतानीले नै लेखेका हुन् भने पटकथा तथा संवाद निर्देशक सुब्बाको रहेको छ । निर्माता घतानीका अनुसार फिल्मको कथा सत्यघटनामा आधारित छ ।
बाटो मुनिको फूलबाट यशकुमार, बाबु बोगटी सहित गायनमा प्रकृती गिरी र धर्मराज बुढाथोकी, करियोग्राफर अराज केशबलाई डेब्यू गराएका घतानीले यो फिल्मबाट पनि थुप्रै नयाँ अनुहारलाई फिल्ममा ल्याउँदैछन् । जसमा कलाकारतर्फ अविनाशको साथमा गौरव भण्डारी र इन्दु सुब्बा, संगीतमा डम्बर नेपाली र रोशन लामा, क्यामेरामा हरि लामा र करियोग्राफीमा अर्जुन गौतम रहनेछन् ।
दार्जिलिङमा ८५ प्रतिशत सुटिङ गर्ने बताईएको सो फिल्मको १५ प्रतिशत भने काठमाण्डौमा गरिने भएको छ । निर्माता घतानीले दार्जिलिङ आफ्नो लागि लक्की स्थान भएकाले सिंगापुरको सट्टा उक्त स्थान सुटिङका लागि छनोट गरेको बताए । बाबु बोगटीको समेत संगीत रहने सो फिल्ममा रोशन श्रेष्ठले द्धन्दनिर्देशन गर्नेछन् । यो फिल्म करिब ६० लाखको बजेटमा बिग प्रोडक्सन हाउसको व्यानरमा बन्ने छ ।
Category: Gossips
0 comments