तस्विरमा बाबु र अनुको लभ

पर्दा भित्र अनु शाहसँगको एकोहोरो प्रेममा परेका बाबु बोगटीले आफ्ना सुटिङका तस्विरहरू पहिलो पटक फेसबुक मार्फत सार्वजनिक गरेका छन् । तस्विरमा बाबु र अनुको लभलाई देख्न सकिन्छ ।

सचिन अमात्यले निर्देशन गरेको प्रेमकथानक फिल्म 'आइ एम ईन लभ' को सुटिङका बेला अनु र बाबुको रियल अफएयरको चक्कर चलेको हल्ला पनि बाहिरिएको थियो तर उनीहरूले यसलाई खण्डन गर्दै आएका छन् । तर जे होस् पर्दामा मात्र भए पनि यो जोडी जमेको देख्न सकिन्छ । फिल्ममा बाबु र अनुको प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गरिएकाले दर्शकले रूचाउने निर्देशक अमात्यको बिश्वास छ ।


Category: Gossips
0 comments